स्याङ्जाकी मनकुमारीको हत्या गरेर फरार कृष्ण पक्राउ
समाधान संवाददाता
२०७७ असोज २७ गते १५:३२

समाधान संवाददाता
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी घर भई स्याङ्जाको पुतलीबजार नगरपालिका ३ कालीमाटी बस्ने ४१ वर्षिय कृष्ण परियार छन् ।
पक्राउ परेका परियार असोज २५ गते स्याङ्जा पुतलीबजार नगरपालिका पुतलीखेतकी ३५ वर्षिया मनकुमारी नेपालीलाई कुटपिट गरि घाईते बनाई फरार रहेका थिए ।
नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा मृत्यु भएको थियो ।
घटना खुलेपछि प्रहरी टोली खटिई कृष्ण परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका परियारमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया