लेकसाइडबाट लागूऔषधसहित ३ युवक पक्राउ

समाधान संवाददाता २०७७ असोज २७ गते १५:३२

समाधान संवाददाता, पोखरा

लागूऔषधसहित लेकसाइडबाट ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, पोखराको टोलीले गत आइतबार ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ बेसिसहरका ३६ वर्षे नवराज थापा, लेकसाइडका २८ वर्षीय लक्ष्मण आचार्य र लेकसाइडकै ३४ वर्षीय सबिन पहारी छन् ।

Advertisement

उनीहरुको साथबाट बुप्रिनर्फिन इन्जेक्सन ५५ एम्पुल, फेनेरागन ५५ एम्पुल र डाईजापाम ५५ एम्पुल फेला परेको छ । उनीहरुबाट व्युरोले नाईट्रोभ्याट १ सय २० चक्की बरामद गरेको छ ।

पक्राउ परेका ३ जनालाई नै थप अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया