३ हजार ५ सय ५६ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असोज २७ गते १६:४७

काठमाडौं ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।
मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया