गण्डकीमा थप ७६ जनालाई कोरोना, लिबर्टी हाइड्रोका २७ जना संक्रमित
समाधान संवाददाता
२०७७ असोज २७ गते १८:०५

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जिल्लाका ७६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा लमजुङका २७, तनहुँका २६, कास्कीका १७, स्याङ्जाका ३, पर्वतका र मनाङका १ जना छन् । लमजुङका सबै संक्रमित दोर्दी गाउँपालिकामा रहेको लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत मजदुर हुन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय पुगेको छ ।संक्रमितमध्ये ३३ सय १९ जना निको भएका छन् भने ४० संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया