गण्डकीमा थप ३ संक्रमितको मृत्यु पुष्टि, सबै तनहुँका
समाधान संवाददाता
२०७७ असोज २८ गते ११:३७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तनहुँको भीमाद नगरपालिकाका ३ जनाको मृत्यु पुष्टि गरेको हो ।
तीनै संक्रमितको जिल्लाबाहिर मृत्यु भएको र ढिला गरी विवरण प्राप्त भएकाले निर्देशनालयले आज मृत्यु पुष्टि गरेको छ ।
मृत्यु हुनेमा भीमाद ६ का ९८ वर्षे, ७५ वर्षे र ७२ वर्षे पुरुष छन् । ९८ वर्षे पुरुषको काठमाडौंको मेडिसिटी अस्पतालमा २५ असोजमा, ७५ वर्षेको बिएन्डबी अस्पताल काठमाडौंमा २४ असोजमा र ७२ वर्षे पुरुषको चितवन मेडिकल कलेजमा १९ असोजमा मृत्यु भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, तनहुँका ८, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया