२९ वर्षदेखि फरार तनहुँका श्रेष्ठ बाबुको किरिया गर्न आउँदा पक्राउ

समाधान संवाददाता २०७७ असोज २८ गते १२:२८

समाधान संवाददाता, पोखरा

तनहुँ घिरिङका जोकबहादुर श्रेष्ठ २०४८ गाउँकै एउटा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परे ।

उनलाई सोही वर्षको फागुन १९ मा जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय सुनायो ।

Advertisement

अदालतको निर्णय बमोजिम उनले ९ वर्ष ६ महिना १६ दिन कैद सजाय कटाउनु पर्ने थियो । तर उनी अदालत र प्रहरीको सम्पर्कमा आएनन् ।

उनलाई त्यसबेला नै प्रहरीले खोजी ग¥यो । भेटाउन सकेन, पछि उनलाई फरारको सूचीमा राखियो ।

Advertisement

फरार भएको धेरै समय भएपछि उनको खोजीमा धेरै ध्यान गएन । उनी समय कट्दै गएपछि घिरिङमै फर्किए ।

केही समय घिरिङ बस्दै केही समय बाहिर जाँदै गरेका उनको बारेमा स्थानीयले प्रशासनमा खबर भने गरेनन् ।

तर प्रहरीबाट झण्डै ३ दसक फरार रहेका जोक मंगलबार पक्राउ परेका छन् ।

आफ्ना बुबाको मृत्यु भएपछि जोक घरमा गए ।

फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चालेको जिल्ला प्रहरी कार्यालय तनहुँले उनको बारेमा नखोज्ने कुरै आएन ।

उनी घर आएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय, बेलचौताराबाट केही प्रहरी सिभिल ड्रेसमा खटिएर उनीमाथि निगरानी गरे ।

मंगलबार काजकिरिया सकाएका जोकलाई प्रहरीले तत्कालै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्स्पेक्टर जगदीश घिमिरेले बताए ।

उनले भने ,‘हामीले जानकारी पाएपछि बारीमा सिभिल ड्रेसमै खटिएर पक्राउ ग¥यौं ।’ प्रहरीले श्रेष्ठलाई जिल्ला अदालतमा बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया