नेकपा संघीय सांसद सानु सिवाकाे निधन

समाधान संवाददाता २०७७ असोज २८ गते १२:५५

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित पहाडीको उपचारका क्रममा बुधबार बिहान साढे १० बजे काठमाडौं मेडिकल कलेजमा निधन भएको हो।

Advertisement

इलामबाट समानुपातिक सांसद बनेकी पहाडीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपणसमेत गरिएको थियो। जनवादी संगीत गायन र सिर्जनामा पनि यिनको योगदान छ। पहाडीले नेकपाको जनसांस्कृतिक संगठनमा आबद्ध भएर लामो समय काम गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीको निधनमा दुःख व्यक्त गरेका छन्। ओलीले ट्विटरमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

Advertisement

तपाईको प्रतिक्रिया