कास्की ट्राफिकको ब्यारेकमा छिर्‍यो कोरोना

समाधान संवाददाता २०७७ असोज २८ गते १३:५३

समाधान संवाददाता, पोखरा

जिल्ला ट्राफिक कार्यालय कस्कीको ब्यारेकमा कोरोना संक्रमण देखिएको छ । ४ जना ट्राफिक प्रहरीमा गत शनिबार कोरोना पोजेटिभ देखिएको थियो ।

ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसँगै ४ दिनयता पोखरामा ट्राफिक प्रहरीको काम केही प्रभावित बनेको छ । ब्यारेकमा कोरोना भाइरस छिरेपछि ट्राफिक प्रहरीको गतिविधि कम भएको छ ।

Advertisement

‘४ जनालाई पोजेटिभ देखिएको थियो । ३ जना ब्यारेकमै र १ जनालाई पश्चिमाञ्चल अस्पतालमा लगिएको छ,’ ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले समाधानसँग भने ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत शुक्रबार स्वाब परीक्षणका लागि हपठाइएको थियो ।

Advertisement

संक्रमितको सम्पर्कमा रहेका २२ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

कास्कीमा इन्स्पेक्टरको नेतृत्वमा ९० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया