गण्डकीमा थपिए ४२ संक्रमित, कास्कीका ३६ जना
समाधान संवाददाता
२०७७ असोज २८ गते १४:५९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रदेशमा ४२ संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितमध्ये ३६ जना कास्कीका छन् । पोखरा महानगरपालिका १७ का २ महिला र ४ पुरुष सहित ६ जना, ७ का ४ जना पुरुष, ९ का ६ जना पुरुष र ११ का १ पुरुष छन् ।
पोखरा ८, ५ र १३ मा २/२ जना तथा १० र ४ मा ३/३ संक्रमित थपिएका छन् । पोखरा २, ८, ३२, २६ नम्बर वडामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । २ संक्रमितको वडा खुलेको छैन ।

आज नै तनहुँ, लमजुङ, म्याग्दी र बाग्लुङमा १/१ संक्रमित थपिँदा स्याङजामा २ जना संक्रमित भेटिएका छन् ।
यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार १ सय ७६ पुगेको छ ।
सम्बन्धित









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया