गण्डकीमा थपिए ४२ संक्रमित, कास्कीका ३६ जना

समाधान संवाददाता २०७७ असोज २८ गते १४:५९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रदेशमा ४२ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये ३६ जना कास्कीका छन् । पोखरा महानगरपालिका १७ का २ महिला र ४ पुरुष सहित ६ जना, ७ का ४ जना पुरुष, ९ का ६ जना पुरुष र ११ का १ पुरुष छन् ।

Advertisement

पोखरा ८, ५ र १३ मा २/२ जना तथा १० र ४ मा ३/३ संक्रमित थपिएका छन् । पोखरा २, ८, ३२, २६ नम्बर वडामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । २ संक्रमितको वडा खुलेको छैन ।

आज नै तनहुँ, लमजुङ, म्याग्दी र बाग्लुङमा १/१ संक्रमित थपिँदा स्याङजामा २ जना संक्रमित भेटिएका छन् ।

Advertisement

यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार १ सय ७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया