चरक अस्पतालकी कर्मचारीसहित कास्कीमा थपिए १० संक्रमित
समाधान संवाददाता
२०७७ असोज २८ गते १५:२५

समाधान संवाददाता, पोखरा
कास्कीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार चरक अस्पतालकी एक कर्मचारीसँगै १० जनामा कोरोना देखिएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी मेडिकल कलेजमा उपचाररत ५ जना र चरकमा उपचाररत ४ जना सँगै १ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा चरक अस्पतालकी २४ वर्षीया कर्मचारी छन् ।

साथै बाग्लुङमा १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बाग्लुङ नगरपालिका २ का २३ वर्षीय पुरुष छन् । उनी नेपाल आर्मीमा कार्यरत छन् ।
गण्डकीमा कुल संक्रमितको संख्या ५ हजार १ सय ८७ पुगेको छ ।
सम्बन्धित









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया