मन्त्रिपरिषद हेरफेर, अर्थमन्त्री विष्णु पाैडेल र सञ्चारमन्त्री पार्वत गुरुङ

समाधान संवाददाता २०७७ असोज २८ गते १८:०१

काठमाण्डाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

Advertisement

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्री बनाएका छन् । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय जिम्मेवारी दिइएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

Advertisement

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

ईश्वर पाेखरेलले पाएकाे रक्षा मन्त्रालयकाे जिम्मेबारी प्रधानमन्त्री आफैले राखेका छन् ।

तपाईको प्रतिक्रिया