पोखरा विश्वविद्यालयमा सबल आन्तरिक नेतृत्वको खाँचो

समाधान संवाददाता २०७७ असोज २९ गते ७:३८

डा. दयाराज ढकाल

कुनै पनि देशमा विश्वविद्यालयको स्थापना तथा त्यसको उदेश्य भनेको राज्यको आवश्यकता अनुसार मानव पुँजी निर्माण गर्नु हो ।

विश्वविद्यालयबाट निर्मित मानव पुँजी राज्यका विभिन्न अंगमा उपायोग गर्नु राज्यको दायित्व पनि हो ।

Advertisement

यस अर्थमा हरेक विश्वविद्यालयले बजारको आवस्यकता अनुसार मानव पुँजी निर्माण गर्नु र बजारको आवस्यकता अनुसार पाठ्यक्रम विकास गर्नु प्रमुख दायित्व हो ।

जबसम्म विश्वविद्यालय भित्रका सबल र सक्षम नेतृत्वलाई अगाडि बढ्न दिइँदैन तबसम्म संस्थागत हितबारे धेरै आशा राख्न सकिँदैन

Advertisement

संसारभरिका विश्वविद्यालको सफलताको एक मापन त्यसबाट सिर्जित मानव पुँजीको बजारमा कति उपयोग भएको छ भन्ने नै हो । त्रिभुवन विश्वविद्यालय यही मानव पुँजी निर्माणमा नेपालको जेठो विश्वविद्यालय हो ।

त्रिविविले मात्र उच्च शिक्षाको भार थेग्न नसक्ने कुरालाई मनन गरेर नेपाल सरकारले विसं २०५४ सालमा पोखरा विश्वविद्यालय स्थापना गरेको हो ।
पोखरा विश्वविद्यालय स्थापनादेखि हालसम्म विभिन्न उतार चढाव आए । सुरुआती चरणमा विश्वविद्यालयले प्राज्ञिक उन्नयन गरे पनि पछिल्लो चरणमा यो गति देखिँदैन । जब विश्वविद्यालयजस्तो पवित्र ठाउँमा भागबन्डाको राजनीति चल्यो त्यसले विश्वविद्यालयको गरिमा घटाएको प्राज्ञिक उन्नयनमा बाधक बनेको छ ।

राजनीतिक भागबन्डाको नाममा असक्षम व्यक्ति नेतृत्वमा पुग्नु विश्वविद्यालयको दुर्भाग्य बन्न गएको छ । पोखरा विश्वविद्यालयले विगतमा आर्जन गरेको साख जस्तो कि उत्पादित मानव पुँजीको बजार उपभोग, बजारको माग अनुसारको पाठ्यक्रम विकास, सम्वन्धनप्राप्त कलेजको चुस्त व्यवस्थापनलाई राजनीतिक भागबन्डाका नाममा गरिने असक्षम नेतृत्वले धुमिल बनाएको छ ।

राजनीतिक भागबन्डाभित्र पनि खोज्न सकिने सक्षम नेतृत्व सस्कार बस्न सकेको छैन । यसरि राजनीतिक भागबन्डाका नाममा असक्षम व्यक्ति नेतृत्वमा आउनु र प्राज्ञिक उन्नयन हुन नसक्नु केबल नेतृत्वको मात्र असफलता होइन ।

राजनीतिक दल र सरकार पनि यसमा दोषी छ । पछिल्लो चरणमा नेपालको विश्वविद्यालयको प्राज्ञिक उन्नयन हुन नसक्नु यहि नै प्रमुख कारण बनेको छ ।

विश्वविद्यालयको अर्को महत्वपूर्ण पाटो भनेको विश्वविद्यालयभित्रबाट नै चुनिने सबल र सक्षम नेतृत्व तथा सबल आन्तरिक शैक्षिक प्रशासन हो ।

जबसम्म विश्वविद्यालय भित्रका सबल र सक्षम नेतृत्वलाई अगाडि बढ्न दिइँदैन तबसम्म विश्वविद्यालयको संस्थागत हितबारे धेरै आशा राख्न सकिँदैन । संस्थागत उन्नयनका लागि संस्थाप्रति को लगाब अनिवार्य शर्त जस्तै हो ।

पोखरा विश्वविद्यालयको स्थापना कालदेखि अहिलेसम्म आउँदा प्रमुख नेतृत्वहरु बाहिरबाट नै आएका छन् । जुन धेरै हदसम्म विश्वविद्यालयको प्रगतिको बाधक बनेको छ ।

यसर्थ एउटा विश्वविद्यालय बिग्रँदा त्यसको असर समाज, राज्य बिग्रनु हो । यसतर्फ दल र सरकारको ध्यान नजानु दुर्भाग्यपूर्ण छ ।

त्यसैले आगामी दिनमा विश्वविद्यालयको उन्नयनका लागि राजनीतिक पार्टीभित्र सबल सक्षम नेतृत्व चुन्नु र आन्तरिक नेतृत्वलाई अवसर दिनु समाज, राज्य र रानीतिक पार्टी अनि सरकारको हितमा देखिन्छ ।

ढकाल पोविविका सहप्राध्यापक हुन् ।

तपाईको प्रतिक्रिया