मिस युनिभर्स नेपालमा एपमार्फत् सहभागी हुन सकिने

समाधान संवाददाता २०७७ असोज २९ गते ७:३९

समाधान संवाददाता, पोखरा

मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्रालिले आफ्नो एप मार्फत सम्पूर्ण इच्छुक महिलालाई प्रतियोगितामा सहभागिता जनाउनआह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्रालिका संस्थापक र २०१७ को मिस युनिभर्स नग्मा श्रेष्ठले एपी १ वान एचडीमा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक सो’ मार्फत् उक्त एप लन्च गरेकी हुन् ।

Advertisement

यस मिस युनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन् । जुन नेपाली सौन्दर्य प्रतियोगितामध्यकै सर्वाधिक धन राशि रहेको घोषणा नग्मा श्रेष्ठले बताइन् ।

उक्त एपलाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आइओएस दुवैमा लन्च गरिएको छ ।

Advertisement

सहभागी हुने पहिलो २० प्रतियोगीहरुका लागि निशुल्क रजिस्ट्रेसन छ । पछिल्लो ५ हजार प्रतियोगीहरुका १ हजार तथा देश बाहिर रहेका नेपालीको लागि ५० डलररजिस्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रसारित कार्यक्रम मार्फत गरिएको थियो ।

उक्त कार्यक्रममा अथितिको उपस्थितिका साथै मिस युनिभर्स नेपाल २०२० का एम्बेसेडरहरुले प्रदान गरेको योगदानहरुलाई प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया