विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका

अर्जुन काफ्ले, स्याङ्जा
गल्याङ नगरपालिकाले अति विपन्न परिवारको घर बनाउने काम थालेको छ ।
नगरपालिकाको वडा नम्बर १ बाट शुरुवात गरिएको घर बनाउने अभियान वडानम्बर ५ रुपाखानीसम्मा विस्तार गरिएको छ ।
नगरपालिकाका सबै विपन्न परिवारको घर बनाउने योजना रहेको नगर प्रमुख भुपराज अधिकारीले बताए ।
उनले आर्थिक अभावले घर बनाउन नसकेका परिवारलाई एक वर्ष भित्रमा घर बनाएर हस्तान्तरण गर्ने जानकारी दिए ।
‘नगरपालिका भित्र अहिलेसम्म ७५ वटा घर बनाउनुपर्ने अवस्था रहेको छ,’उनले भने, ‘जस्तापाता दिएर पनि घर बनाउन नसक्ने परिवारका लागि नगरपालिकाले आफै घर बनाइदिन लागेको छ ।’
एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने संस्कृति लोप हुँदै गएको उल्लेख गर्दै नगरप्रमुख अधिकारीले संस्कृति र विकासलाई सँगसँगै जोड्नका लागि अभियान थालिएको बताए ।
गास बास र कपासको ग्यारेण्टी अब नगरपालिकाले लिने दावी गर्दै नगरप्रमुख अधिकारीले अबको दश वर्षसम्ममा नगरपालिकामा कोही गरिब नरहने ठोकुवा गरे ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगर भित्रका अति विपन्न परिवारका लागि नगरपालिकाले थालेको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।
उनले विपन्नको घर निर्माणका लागि स्थानीयको उत्तिकै साथ र सहयोग हुनुपर्ने बताए ।
नगरपालिकाले घडेरी समेत नभएका विपन्न परिवारका लागि घडेरीको व्यवस्था गरेर घर बनाएर दिने योजना बनाएको छ ।
विपन्न परिवारका लागि आफ्नै लगानीमा आफै घर बनाएर हस्तान्तण गर्ने उदाहरणीय अभियान गल्याङ नगर पालिकाले ल्याएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया