स्पिड ब्रेकर हटाइने

रामशरण नेपाली, लेखनाथ
पोखरा महानगरपालिका ३० का सडकहरुमा मापदण्ड विपरीत जथाभावी बनाइएका स्पिड ब्रेकर हटाइने भएको छ ।
स्पिड ब्रेकर हटाउने क्रममा खाल्डाखुल्डी समेत पुरिने नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
वडा कार्यालयको आर्थिक सहयोगमा शिशुवाको चोखीमाटीचोकमा बुधबार जेसिबी लगाएर अभियान सुरु गरिएको होे ।
अध्यक्ष ओझाले दसैं तिहार लगायत चाडपर्वको समयमा वडालाई सुन्दर र सम्भावित दुर्घटनाबाट जोगाउनका लागि अभियान थालिएको बताए ।
पहिलो चरणमा जेसिबी लगाएर स्पिड ब्रेकर भत्काउने जानकारी दिँदै उनले दोस्रो चरणमा आरएमसीको प्रयोग गरी बाटोमा परेका खाल्डा खुल्डी पुरेर यातायात सुविधालाई सहज बनाउने उल्लेख गरे ।
कार्यक्रममा वडा सदस्य सोमलाल कँडेल, गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारी, युवा परिचालन उप समितिका संयोजक भुमण्डल ताम्राकार, नेकपा वडा नम्बर ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति निरलाल तझ्या लगायतले बोलेका थिए ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया