चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई राहत

समाधान संवाददाता २०७७ असोज २९ गते १२:०८

दमाैली, रासस ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ ।

गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका ११ महिनाका बालक नारायण रानाको परिवारलाई आज रु नौ लाख ५० हजार प्रदान गरिएको हो । उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गर्नुभयो ।

Advertisement

उहाँले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हँुदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई रु ५० हजार राहत उपलब्ध गराएको थियो ।

Advertisement

वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप रु दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया