थप ३ हजार ७ सय ४९ जनामा कोरोना

समाधान संवाददाता २०७७ असोज २९ गते १६:३०

काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ।

२४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

Advertisement

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।

तपाईको प्रतिक्रिया