गण्डकीमा अहिलेसम्मकै उच्च संक्रमण, १६९ जना आजै थपिए
समाधान संवाददाता
२०७७ असोज २९ गते १७:५४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आज अहिलेसम्मकै धेरै १ सय ६९ जनामा पोजेटिभ देखिएको जानकारी दिएको हो ।
आज नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएका हुन् ।
यसअघि सबैभन्दा धेरै १८ असोजमा १ सय ६० जना थपिएका थिए । आज थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ ।
संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १र१ जना छन् ।
सम्बन्धित









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया