कास्कीका ट्राफिक प्रहरी क्वारेन्टाइनमा

समाधान संवाददाता २०७७ असोज २९ गते २०:२१

समाधान संवाददाता, पोखरा

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि पोखराका मुख्य चोकमा सवारी व्यवस्थापनलाई नेपाल प्रहरी खटिएको छ ।

गत शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका ४ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता पोखराका मुख्यचोकमा ट्राफिक प्रहरी कम देखिन थालेका छन् ।

Advertisement

आफूसहित ६० जना क्वारेन्टाइनमा बसेको ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले बताए । ‘बाहिर बस्दा घुलमिल हुनुपर्ने भएकाले कार्यालयमै बसेका छौं,’ उनले भने ।

कार्यालयमै रहेको क्वाटरमा बस्ने ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य इकाईमा कार्यरत ट्राफिक प्रहरी भने ड्यिुटीमै रहेको प्रमुख रोकाले बताए ।

Advertisement

कास्कीमा इन्स्पेक्टरको नेतृत्वमा ९० ट्राफिक प्रहरी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया