कसरी उठाउने थलिएको पर्यटन ?

समाधान संवाददाता २०७७ असोज ३० गते ५:०५

समाधान संवाददाता, पोखरा

सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा ग¥यो । त्यसै अनुसारको तयारी भइरहेका बेला कोराना महामारी सुरु भयो ।

कोरोनाले सबैजसो क्षेत्रमा असर पारे पनि पर्यटन जगत सबैभन्दा मारमा परेको छ । थिचिएको पर्यटन क्षेत्रलाई कसरी पुनस्र्थापित गर्ने भन्ने दरिलो तरिका अहिले कसैसँग छैन ।

Advertisement

कोरोना कहरमा थिचिएका व्यवसाय उठाउन भन्दै गण्डकी सरकारले १ अर्बको कोष पनि खडा गरेको छ । यो कोष परिचालनका लागि कार्यविधि बन्दै त छ । तर यो कोष प्रदेशको व्यवसाय उकास्न पर्याप्त हुँदैन ।

पोखराको पर्यटन क्षेत्रमा कसरी चहलपहल बढाउन सकिन्छ भनेर पोखरा महानगरले बिहीबार पोखरामा सरोकारवालासँग छलफल गरेको छ ।

Advertisement

‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्रान्डिङ रणनीति तर्जुमा कार्यशाला’ को समन्वय पोखरा पर्यटन परिषदले गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कोभिड—१९ लाई अब घर बसेर मात्र जित्ने नसकिने जनाउँदै सुरक्षाको मापदण्ड अपनाएर गण्डकी प्रदेश घुम्न आउननिम्तो दिएका छन् ।

उनले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको विकल्प नरहेको भनाइ राखे ।

पोखरा र आसपासमाकोरोनाबाट बच्न सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेल लगायत ग्रामीण पर्यटनको लागि डराउन नपर्ने मुख्यमन्त्री गुरुङले बताए ।

कोभिड–१९ को असरले गण्डकी प्रदेशले २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उनले अब पर्यटनलाई चलायमान गर्नुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउनसरकार प्रयत्नरत रहेको उनको भनाइ थियो ।

सरकारले खडा गरेको १ अर्बको कोष परिचालन मंसिर भित्रै थालिने उनले खुलाए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको राम्रो गृहकार्य भएपनि कोभिड–१९ ले अभियान सफल हुन नसकेको बताए ।

कोभिड– १९ का कारण पर्यटन क्षेत्रले मासिक १० अर्ब घाटा व्यहोरिरहेको र अर्थतन्त्रको ठूलो हिस्सालाई प्रत्यक्ष असर पारेको उनको भनाइ थियो ।

आन्तरिक र वाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राकालागि विस्तारै बुकिङ खुला हुँदै गएकाले अब अवस्था सामान्य हुँदै जाने उनले बताए । पोखरामा भएको कार्यक्रममा उनी भर्चुअल रुपमा सहभागी भएका थिए ।

गण्डकी प्रदेशका पर्यटन उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सस्कृति, प्रकृति र साहसिक पर्यटनको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्रान्डिङ गरेर जानुपर्ने धारणा राखे । सांसद एवं पूर्वमन्त्रीखगराज अधिकारीलेसुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।

सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ ‘कोर्स’ सिर्जना गरेर जानुपर्नेमा जोड दिइन् । उनले युथ प्याकेज बनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय रुपमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राखिन् ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखराको पर्यटनको विकासमा कार्ययोजनासहित अघि बढेको बताए । उनले महामारीपछिको पर्यटनमा नयाँ सम्भाव्यताको खोजीलाई जोड दिएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा सुढृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवाली, गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पर्यटनको विषयमा धारणा राखे ।

पोखरा महानगरपालिका सहरी योजना आयोग उपाध्यक्ष डा. रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षटीकाराम सापकोटा, पर्यटनका अध्येता एवं श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभाव साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नविनतम सम्भावनाको खोजीको बारेमा प्रस्तुति राख्नेका थिए ।

गोष्ठीमा सहभागीले समूहगत छलफल गरीपर्यटनका सवल पक्षसहित कोभिड १९ पछिकसरी पर्यटन केन्द्रित कार्यक्रम गर्ने बारेमा निश्कर्ष निकालेका छन् ।

तपाईको प्रतिक्रिया