बढ्दो त्रास, घट्दो सजकता

समाधान संवाददाता २०७७ असोज ३० गते ६:००

सम्पादकीय

चैत १५ मा गण्डकी प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भयो । बेल्जियमबाट कतार एयरवेजबाट चैत ४ नेपाल आएकी बागलुङकी २२ वर्षे युवतीमा कोरोना पुष्टि हुँदा पोखरा र आसपासका क्षेत्रमा त्रास फैलियो ।

कारण थियो उनी जहाजबाटै पोखरा विमानस्थलमा आएर गाडीमा बागलुङ गएकी थिइन् । त्यसबीचमा उनको सम्पर्कमा आएकाहरुमा पनि पक्कै कोरोना सरेको होला ।

Advertisement

उनीहरु कहाँकहाँ पुगे कोकसलाई भेटेहोलान् भन्ने प्रश्न सबैमा थियो । बागलुङकै आइसोलेसनमा बस्दा निको भएकी उनी अहिले बेल्जियम फर्किइसकिन् ।

चैतयता कोरोनाको महामारी फैलिएर समुदायस्तरमै पुगिसकेको छ । सुरुमा सर्तक भएर जोगिएकाहरु पनि अहिले बेपर्वाह भएर घुमिरहेका छन् । अनि ढुक्क भएका छन् ।

Advertisement

त्यति मात्र कहाँ हो र सरकारी निकायका अधिकारी अब जे होला त्यो टर्ला झैं गरेर बसेका छन् ।

सुरुमा क्वारेन्टाइन, आइसोलेसन मात्र होइन राहत वितरणका लागि कस्सिएका स्थानीय तह अहिले आएर सेलाएका छन् । बिरामी भएर सिकिस्त परे पनि अब अस्पतालमा बेड पाउने अवस्था छैन ।

कोरोना नियन्त्रणमा धेरै गरियो भन्ने स्थानीय तहहरु पनि साँच्चै गर्नुपर्ने बेलामा सुस्ताएका छन् ।

अहिले आउजाउ बढेसँगै कोरोनाको त्रास पनि बढेको छ । तर सजगता भने देखिएको छ । अहिले प्रदेशभर ५३ सयभन्दा बढीमा कोरोना देखिएको छ ।

असोज महिनाबाटमात्रै झन्नै ४० संक्रसमित थपिएका छन् । पछिल्ला दिनमा थपिनेको संख्या प्रतिदिन ३ अंक भन्दा बढी छ । थपिएकामध्ये ७७ प्रतिशतजति संक्रमित निको भएका छन् ।

असोजमा ३ अंकको संक्रमण बढेको निर्देशनालयको तथ्यांकले देखाउँछ । असोजको सुरुआतदेखि बुधबारसम्म गरेर प्रदेशमा ८ दिन सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

बिहीबार हालसम्मकै सबैभन्दा धेरै १ सय ६९ जनामा कोरोना पुष्टि भयो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पछिल्लो २८ दिनमा १६ संक्रमितको ज्यान गएको छ ।

दसैंमा हिँड्डुल बढ्ने भएकाले संक्रमण अझै बढ्ने निश्चित छ । सरकारी निकायमात्र चनाखो भएर यसका केही हुनेवाला छैन । जोगिने त हामी हो र सजगता अपनाउनुपर्ने हामीले हो ।

हो अहिले काठमाडौं लगायत विभिन्न जिल्लामा संक्रमण दर ह्वात्तै बढेको छ । पहिला पहिल विदेश र खासगरी बढ्दो छ ।

२ महिना अगाडि भारतबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने आम मानिसको सोचाइ थियो भने अब काठमाडौंबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने अवस्था आएको छ ।

कोरोनाको खानी काठमाडौंबाट मासिन बाहिरिनु भनेको बाहिर पनि संक्रमण फैलनु हो । यस्तो बेलामा के कसरी महामारी नियन्त्रण गर्ने भनेर सोच्ने बेला भइसकेको छ ।

महामारीको त्रास खेपेको यतिका महिना भइसक्दा समेत अबको योजना के भन्ने बारेमा सरकार अन्योलमा छ । महामारीको उपचार सम्भव नभए पनि रोकथाम त गर्न सकिन्छ नि ।

यो बारेमा सरकार चुकेकै छ । जिल्लाहरुको अवस्था हेरी आवतजावतमा रोक लगाउन सक्ने र अरु निर्णय गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

प्रशासनले जारी गर्ने सूचनाहरु पनि असान्दर्भिक र अव्यावहारिक हुने गरेका छन् ।

सरकारलाई लागेको होला अब केही गर्न सकिँदैन जो होला सो टर्ला भनेर । तर राज्यको दायित्व पिसिआर परीक्षण गरेर मात्र पूरा हुँदैन ।

यसबाट पार पाउन र अर्थतन्त्र चलायमान बनाउन विशेष रणनीति बनाउनै पर्छ ।

तपाईको प्रतिक्रिया