मेट्रोसिटीका डाक्टरसहित गण्डकीमा थपिए ३७ संक्रमित

समाधान संवाददाता २०७७ असोज ३० गते १३:०१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचपार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

Advertisement

आज थपिने संक्रमितमध्ये नवलपरासीका १६ जना छन् । यस्तै गोखामा ९ जना, स्याङ्जा र लमजुङमा ४/४ जना, बागलुङमा २ जना थपिएका छन् ।

कास्की र पर्वतमा १/ १ जनामा कोरोना पुष्टि भएको छ । कास्कीका संक्रमित मेट्रोसिटी अस्पतालका डाक्टर हुन् ।

Advertisement

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ७१ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया