कास्कीमा २७ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असोज ३० गते १४:०२

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिएका ३० संक्रमितमध्ये २७ जना कास्कीका छन् । यस्तै लमजुङ, स्याङजा र म्याग्दीका १/ १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ८८ जना निको भएका छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया