पोखरा महानगर कार्यालयमा कोरोनाको महात्रास

समाधान संवाददाता २०७७ असोज ३० गते १९:१८
sdr

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगर पालिकाको कार्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । महानगरका ३ वटा शाखाका प्रमुखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने शुक्रबार थप ४० जनाको स्वाब संकलन गरिएको छ ।

महानगर श्रोतले दिएको जानकारी शुक्रबार साँझ आएको स्वाब परिक्षणको रिपोर्ट अनुसार पोखरा महानगरको शिक्षा महाशाखा प्रमुख, प्रशासन शाखा प्रमुख र अनुगमन तथा स्टोर शाखा प्रमुखमा संक्रमण पुष्टि भएको छ ।

Advertisement

उनीहरुको विहीबार विहान स्वाब संकलन गरिएको थियो । श्राेतका अनुसार शिक्षा महाशाखा प्रमुख केही दिन अघि काेराेनाकाे लक्षण देखिएकाे भएपनि अहिले सामान्य छन् भने स्टाेर शाखा प्रमुखमा लक्षण छैन् । प्रशासन शाखा प्रमुखमा भने सामान्य रुघा खाेकी र ज्वराे आएकाे छ ।

यस अघि पोखरा महानगर पालिकाका प्रशासकीय प्रमुख महेश बरालका चालकमा कोरोना पुष्टि भएको थियो । उनमा कोरोना पुष्टि भए लगत्तै महानगर प्रमुख मानबहादुर जिसीले विज्ञप्ति जारी गर्दै विहीबारदेखि नै महानगर कार्यालय बन्द गराएका थिए ।

Advertisement

शुक्रबार विहान महानगर प्रमुख जिसी सहित प्रमुख प्रशासकीय अधिकृत महेश बराल लगायत ४० जना कर्मचारीको स्वाब संकलन गरिएको छ । यो स्वाब संकलन ती ३ जना शाखा प्रमुखमा कोरोना संक्रमण पुष्टि नहुँदैको हो ।

अब थप कर्मचारी पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । शुक्रबार साँझ संक्रमण पुष्टि हुने कर्मचारी धेरै जनासँग सम्पर्कमा रहनु पर्ने कर्मचारी हुन् ।

तपाईको प्रतिक्रिया