एनएमबी र फेवा बजारबीच इएमआई कर्जा सम्झौता

समाधान संवाददता, पोखरा
एनएमबी बैंक लिमिटेड र फेवाबजारबीच सरल इएमआईमा कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्नको लागि द्विपक्षीय समझदारी भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र फेवा बजारका तर्फबाट प्रवन्ध निर्देशक सुजन आचार्यले हस्तास्क्षर गरे ।
समझदारी अनुसार एनएमबीका ग्राहकहरुले फेवाबजारको आधिकारिक वितरकबाट उपभोग्य इलेक्ट्रोनिक वस्तुहरुको खरिदमा १२ महिनासम्मको ‘एनएमबी सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरिद गर्न सक्नेछन् ।
यसका अतिरिक्त एनएमबीका ग्राहकहरुले फेवाबजारका विविध उत्पादनहरुमा क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा विभिन्न छुटको लाभ प्राप्त गर्न सक्ने निर्देशक सुरज आचार्यले जानकारी दिए ।
पोखरामा मुख्य कार्यालय र ललितपुरमा कर्पोरेट अफिसभई नेपालभरि दैनिक उपभोग्य वस्तुहरुको डेलिभरी सेवा प्रदान गरिरहेको फेवा बजारको सर्वाधिक उपस्थिति लुम्बिनी प्रदेशमा रहेको छ ।
त्यस प्रदेशमा सयभन्दा बढी खुद्रा स्टोरहरुले फेवाबजारको वस्तुहरु बिक्री गरिरहेका छन् ।
एनएमबी बैंकले १ सय ८६ शाखा, ६ विस्तारित काउन्टर र १ सय ३५ एटिएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया