यस्तो रहनेछ ३ दिनको मौसम

काठमाडौं
शुक्रबारबाट नेपालमा मनसुन अन्त्य भएको मौसम पूर्वानुमान महाशाखाले औपचारिक घोषणा गरिसकेको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन बाहिरिनु भनेको वर्षायाम सकिनु हो। अब डिसेम्बर सुरु हुनु अघिसम्मलाई पोस्ट (मनसुन भनिन्छ। डिसेम्बरबाट मात्र विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।
मौसमविद् कँडेलका अनुसार मनसुन बाहिरिनुको अर्थ अब वर्षा नै हुँदैन भन्ने होइन। तर पहिलेजस्तो लगातार झरी अब हुँदैन।
हल्काफुल्का वर्षाको सम्भावना भने रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक ०१ गते
दिउँसो स् प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती स् प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कार्तिक ०२ गते
दिउँसो स् प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती स् प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई(स्थानमा हल्का वर्षाको सम्भावना छ।
कार्तिक ०३ गते
दिउँसो स् प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती स् प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया