सराङकोट सहकारीको सेयर पुँजी साढे ५ करोड

समाधान संवाददाता २०७७ कार्तिक १ गते ९:५२

समाधान संवाददाता, पोखरा

सराङकोट बहुद्देश्यीय सहकारीले गत वर्ष १ अर्ब ७० करोडको कारोबार गरेको छ ।

सहकारीको १४ औं वार्षिक साधारण सभामा ऋण लगानी ३५ करोड, सेयर पुँजी ५ करोड ५ लाख र कुल बचत ४५ करोड रहेको अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

Advertisement

सहकारीका सल्लाहाकार भागवत भाष्कर पण्डित कमलनयन गौतमले सभाको उद्घाटन गर्दै सदस्यहरु बीचको समन्वय र सहकार्यमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

सहकारीका सचिव कृष्णबहादुर थापाले कोभिड १९को कारण २ दिन लगाएर साधारण सभा गरेको जानकारी दिए ।

Advertisement

२०६३ मा स्थापित रेडियो सराङकोटको सञ्चालनसंगै २०७० देखि बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

सभाले सचिव कृष्णबहादुर थापाले प्रस्तुत वार्षिक संस्थागत प्रतिवेदन, कोषाध्यक्ष मिनबहादुर अधिकारीले पेश गरेको आर्थिक लेखा प्रतिवेदन, व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत संस्थागत स्थिति विवरण, लेखा समिति संयोजक शिवबहादुर बानियाँले पेश गरेको लेखा प्रतिवेदनलाई सुधारसहित पारित गरेको छ ।

सभामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत सागर खनाल, रेडियो सराङकोटका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेत, सहकारीका सल्लाहाकारहरु इन्द्रकमल मानन्धर, राममणि पौडेल, उपाध्यक्ष वसन्तबहादुर बानियाँ, ऋण समिति संयोजक रामचन्द्र थापा, संचालकहरु मायाकुमारी शर्मा, छविलाल तिमिल्सिना, कुलप्रसाद सुवेदी लगायतले सहकारीको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया