पोखरा १७ का कोरोना संक्रमितको चरक मेमोरियलमा मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक १ गते १२:३४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षे पुरुष संक्रमितको चरक मेमोरियल हस्पिटलमा शुक्रबार मृत्यु भएको हो ।
उनमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया