झापुटारमा खानेपानीको समस्या, एक घन्टा हिँड्नुपर्ने बाध्यता

तनहुँ, रासस
तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको काम गर्दा र केही दिन अघि परेको वर्षातपछि गएको पहिराका कारण खानेपानीमा क्षति पुगेपछि बेलटार र झापुटार बजार क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्नुपरेको हो ।
धारामा पानी नआएपछि बञ्चरे भन्ने स्थानबाट एक घण्टाको पैदल हिँडेर पानी ल्याउनुपरेको स्थानीय कालीमाया थापाले दुखेसो पोखिन् ।
‘टाढाबाट पानी बोकेर घरव्यवहार चलाउन गाह्रो पो हुँदोरहेछ,’ उनले भनिन् ।
यसक्षेत्रमा करिब ५०० घरधुरीका मानिस पानीको समस्या झेल्दै आएका छन् । स्थानीयवासीले खाँदै आएको पानीको पाइप आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो ।
खानेपानी अवरुद्ध भएपछि आयोजनाले ट्याङ्करमार्फत वितरण गर्ने पानी टाठाबाठाले त एक दुई गाग्री पानी थाप्न पाउँछन् तर सिधासाधा त कुवाको पानी पिउन बाध्य रहेको स्थानीय टेकबहादुर गर्जामगरले बताए ।
झापुटारमा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाले १४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न सुरुङ निर्माणको लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको हो ।
एक महिना अघिदेखि करिब २०० मिटर खानेपानी पाइपमा क्षति भएपछि स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएको दीपेन्द्र शाहीले बताए ।
उक्त खानेपानी क्षेत्रमा भएको क्षतिको विवरण तयारी गरी लागत इष्टिमेट गर्ने कार्य भैरहेकाले तत्काल पानी पुनः सञ्चालन गर्ने योजना रहेको छ ।
बस्तीदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको पाइपमा क्षति पु¥याएपछि खानेपानीको समस्या भएको उनले जानकारी दिए ।
खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरेपनि पर्याप्त मात्रामा पाउन नसकेको स्थानीवासीको गुनासो रहेको छ ।
तनहुँ हाइड्रोको सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना सञ्चालन हुँदै आए पनि लामो समयदेखि पानी अवरुद्ध हुँदा स्थानीयवासीले लामो दूरीबाट पानी बोकेर खानु परेको छ ।
आयोजनालाई पटक पटक खानेपानीको विषयमा जानकारी गराएपनि बेवास्ता गरिएकाले स्थानीयले पानीको समस्या भोग्नुपरेको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया