ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ६ घाइते

समाधान संवाददाता २०७७ कार्तिक १ गते १६:१७

समाधान संवाददाता, पोखरा

स्याङ्जा र पर्वतमा भएका अलग दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

स्याङ्जाको भीरकोट नगरपालिका ३ साम्दीमा शनिबार ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

Advertisement

भित्री कच्ची सडक खण्डमा ग१त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिँदा स्थानीय २० वर्षीय विपीन जिटीको मृत्यु भएको हो ।

जिटीको ट्याक्टर पल्टिँदा इन्जिनले च्यापिएर विपीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र अघिकारीले बताए । दुर्घटनामा १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् ।

Advertisement

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार शुक्रबार राति पर्वतको बिहादी गाउँपालिका रास्कोटमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु हुनुको साथै ५ जना घाइते भएका छन् ।

राति सवा ९ बजेतिर खहरेबाट नौनादी तर्फ आउँदै गरेको ध १ त ३५३ नम्बरको को ट्याक्टर सडकबाट २०।२५ मिटर तल खसेको थियो ।

दुर्घटनमा चालकसहित ६ जना घाईते भएकोमा उपचारकै क्रममा बिहादीकै १२ वर्षे निखिल परियारको मृत्यु भएको हो । अन्य ५ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

घाइते चालक झकबहादुर नेपाली, ट्याक्टरमा सवार सागर परियार, सन्दिप परियार, शंकर नेपाली र थम्म पुरीको अवस्था सामान्य रहेको प्रदेश प्रशरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया