गण्डकी प्रदेशमा थप ५६ जनालाई कोरोना

समाधान संवाददाता २०७७ कार्तिक १ गते १६:४५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ५६ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ३१, स्याङ्जाका २२, म्याग्दीका २ र कास्कीका १ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ सय ३३ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये ३५ सय १० निको भएका छन् भने ४९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीका १४, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया