लागूऔषधसहित विजयपुरबाट प्रभात पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक १ गते १८:४९

समाधान संवाददाता, पोखरा

लागूऔषधसहित शनिबार पोखरामा १ युवक पक्राउ परेका छन् ।

पोखरा २४ का २९ वर्षीय प्रभात सुवेदी पोखरा २६ विजयपुरबाट पक्राउ परेका हुन् । प्रभात विजयपुर नै बस्दै आएका थिए ।

Advertisement

उनको साथबाट प्रहरीले डाईजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल, नुर्फिन ६० एम्पुल गरी १८० एम्पुल लागूऔषध बरामद गरेको छ ।

प्रभातमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसुर अन्तर्गत अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया