गीत बजिरहने फ्रिक्वेन्सीमा अब पब्लिक एफएम

समाधान संवाददाता २०७७ कार्तिक १ गते १९:३१

समाधान संवाददाता, पोखरा

पोखरामा अर्को सामुदायिक रेडियो थपिएको छ । अन्नपूर्ण म्युजिक एफएमकै फ्रिक्वेन्सीबाट अब सामुदायिक रेडियो पब्लिक एफएम सञ्चालन गरिएको एफएमका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

अन्नपूर्ण म्युजिक एफएममा गीत बजाइने गरेको थियो ।

Advertisement

रेडियो शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले धेरै सञ्चारमाध्यम कोरोनाका कारण संकटमा परेका बेला नयाँ रेडियो सञ्चालन गर्नु अर्को चुनौती भएको जनाए ।

अन्नपूर्ण एफएमकै उचाइमा पब्लिक एफएम (९९.६ मेगाहर्ज) पुग्ने प्रालिका अध्यक्ष विश्वशंकर पालिखेले विश्वास व्यक्त गरे ।

Advertisement

उनले भने, ‘हाम्रा स्रोता र शुभेच्छुकहरुको साथ र सहयोगले गर्दा आज हामी यो स्थानमा छौं, आगामी दिनमा पनि सबैको साथ र सहयोगले हामीले नयाँ पब्लिक एफएफलाई पनि रेडियो अन्नपूर्णकै स्थानमा पु¥याउन सक्छौं ।’

यसैबीच, अन्नपूर्ण एफएमको स्टेसन म्यानेजरको जिम्मा सञ्जय मल्ललाई दिइएको छ । स्टेसन म्यानेजर मल्लले सबैको साथ र सहयोगले रेडियोको साख जोगाउने गरी कुसलतापूर्वक जिम्मेवार बहन गर्ने बताए ।

तपाईको प्रतिक्रिया