पृथ्वीचोकमा यात्रु सहायता कक्ष, बढी भाडा लिए खबर गर्न आग्रह
समाधान संवाददाता, पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । ‘चाडपर्व विशेष सुरक्षा योजना २०७७’ अन्तर्गत पोखराको मुख्यचोक पृथ्वीचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा ६ प्रहरी खटिने छन् ।
चाडपर्वमा सम्भावित सवारी आवागमनमा वृद्धि, बढी भाडा असुली, तथा सडक दुर्घटनालाई कम गर्न प्रहरीले सहायता कक्ष स्थापना गरेको कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
कास्की छिर्ने मुख्य नाकाहरु छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम समेत सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्ने उपाय अपनाएको÷नअपनाएको अनुगमन गर्नुका साथै कास्की प्रहरीले पर्चा पम्पलेट वितरण गरेको छ । प्रहरीले बढी भाडा लिए खबर गर्न आग्रह गरेको छ ।
कास्की प्रहरीले १० दिन पहिले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको थियो । सोही योजना अनुसार कास्कीमा ७ सय ३५ प्रहरी परिचालन हुँदै छन् । नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ । कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्चपनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो ।
समाधान संवाददाता, पोखरा
जिल्ला प्रहरी कार्यालय, कास्कीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । ‘चाडपर्व विशेष सुरक्षा योजना २०७७’ बमोजिम पोखरा ९ पृथ्वीचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा ६ जना प्रहरी खटिने छन् ।
चाडपर्वमा सम्भावित सवारी आवागमनमा वृद्धि, बढी भाडा असुली, तथा सडक दुर्घटनालाई कम गर्न प्रहरीले सहायता कक्ष स्थापना गरेको हो ।
कास्की प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सहायता कक्ष स्थापना गरिएको हो ।
कास्की छिर्ने मुख्य नाकाहरु छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम समेत गरिएको छ ।
कोरोना भाइरसबाट बच्ने उपाय अपनाएको/ नअपनाएको अनुगमन गर्नुका साथै कास्की प्रहरीले पर्चा पम्पलेट वितरण गरेको छ ।
प्रहरीले बढी भाडा लिए खबर गर्न आग्रह गरेको छ ।
कास्की प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको छ । सो अनुरुप कास्कीमा ७ सय ३५ प्रहरी परिचालन हुँदै छन् ।
नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ ।
कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्चपनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया