एबी डि भिलियर्सकाे विष्फाेटक ब्याटिङ, हार्‍याे राजस्थान

समाधान संवाददाता २०७७ कार्तिक १ गते २१:१७

एजेन्सी ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ । याे खेलमा एबी डि भिलियर्स नायक बने ।

दुबईमा शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो ।

Advertisement

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।

Advertisement

यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । गुर्किरात सिंह १९ रनमा अविजित रहदा आरोन फिन्चले १४ रन बनाए ।

राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ४१ रन जोड्दा जोस बट्लरले २४ रन बनाए । बेन स्टोक्सले १५ रनमा आउट भए ।

बैंगलोरका क्रिस मोरिसले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए । जितसँगै बैंगलोरले ९ खेलमा १२ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया