कमजाेर आँकिएकाे कादीजले हरायाे रियललाई

समाधान संवाददाता २०७७ कार्तिक २ गते ८:३३

एजेन्सी

साबिक विजेता रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा यही सिजन बढुवा भएको कादिजसँग स्तब्ध भएको छ । रियलका लागि याे नसाेचेकाे नतिजा हाे, त्याे पनि घरेलु मैदानमा ।

घरेलु मैदानमा भएको खेलमा कादीजसँग रियल मड्रिड १–० ले पराजित भएको हो। १६ औँ मिनेटमा लोनानोले गोल गरी कादिजलाई जित दिलाएका हुन् ।

Advertisement

जितपछि कादिज शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ। रियल मड्रिड र कादिजको पाँच र ६ खेलबाट समान १० अंक छ । दोस्रो स्थानको गेटाफे र चौथो स्थानको ग्रानाडाको पनि १० अंक नै रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया