पोखराको कोरोना ल्याबका ३ प्राविधिकमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ कार्तिक २ गते १६:४२

समाधान संवाददाता, पोखरा

कोरोना परीक्षणमा खटिएका ३ प्रयोगशालाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा खटिएका ३ जनामा पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

केही प्रयोगशालाकर्मीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा ३ जनाको पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिइन् ।

Advertisement

उक्त ल्याबमा असार पहिलो हप्तादेखि कोरोना परीक्षण हुँदै आएको छ । क्षयरोगबाहेक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुन्छ । दुवै प्रयोगशालामा गरेर दैनिक ६ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया