देशभर थपिए २ हजार ९ सय ४२ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक २ गते १७:३९

समाधान संवाददाता

Advertisement

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्।

Advertisement

आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।

तपाईको प्रतिक्रिया