आईपीएलमा दुर्लभ दृष्य, डबल सुपर ओभरबाट मात्र नतिजा

समाधान संवाददाता २०७७ कार्तिक ३ गते ८:१०

एजेन्सी ।

आइतबार सम्पन्न इण्डियन प्रिमियर लिग आईपीएलमा यस्ताे दृष्य न हिजाे कुनै दिन देखिएकाे थियाे न भाेली चाडै देख्न पाइन्छ ।

राती सम्पन्न खेललाई कसले हार्याे र कसले जित्याे भन्ने टुङग्याउन डबल सुपर
ओभरकाे खेल खेल्नु पर्याे । याे आईपीएलकाे इतिहासमा पहिलाे घटना हाे भने त्यसअघि भएकाे खेल पनि सुपर ओभरबाटै नतिजमा पुर्याउनु पर्‍याे । एकै दिनका २ खेल सुपर ओभरबाट सकिएकाे पनि पहिलाे पटक हाे ।

Advertisement

किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दा डबल सुपर ओभरकाे खेल खेल्नु पर्‍याे ।

दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।

Advertisement

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २/२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पन्जाबको यो तेस्रो जित हो । पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

यसअघिकाे पहिलाे खेल पनि सुपर ओभरमै सकिएकाे थियाे । सनराइजर हैदरवादसँगकाे खेलमा कलकत्ताले बाजी मार्याे । सुपर आेभरमा ३ रनकाे लक्ष्य पाएकाे उसले सहजै पार गर्‍याे । याे जितसँगै कलकत्ता १० अंक सहित चाैथाे स्थानमा थप सुरक्षित बनेकाे छ ।

तपाईको प्रतिक्रिया