गण्डकीमा आज थपिए २३० संक्रमित, कास्कीमा १३२ जना
समाधान संवाददाता
२०७७ कार्तिक ३ गते २०:५९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ८ जिल्लाका २ सय ३० जनामा पोजेटिभ देखिएको हो ।
यसअघि सबैभन्दा धेरै २९ असोजमा १ सय ६९ जनामा पोजेटिभ देखिएको थियो । आज सबैभन्दा धेरै कास्कीमा १ सय ३२ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा ३५, बागलुङमा २३, नवलपुरमा १८, स्याङ्जामा १४, लमजुङमा ५, पर्वतमा २ र गोरखामा १ जना थपिएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ सय ६० पुगेको छ । तीमध्ये ३६ सय ५ जना निको भएका छन् भने ५४ संक्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया