सेनालाई सदैव सहयोग गर्छुः उपप्रधानमन्त्री पोखरेल

रासस, काठमाडौं
सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई सोमबार बिदाइ गरेको छ।
जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै उनले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिए।
उपप्रधानमन्त्री पोखरेलले भने, ‘म आफू जुनसुकै ठाउँमा रहे तापनि सेनालाइ सदैव सहयोग गर्ने छु ।’
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करिब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरे।
निवर्तमान रक्षामन्त्रीको नेतृत्वमा कार्यसम्पादनमा सहजता र सरलता अनुभूति भएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनालगायत महत्वपूर्ण उपलब्धि यो समयमा भएका छन् ।’
सो अवसरमा निवर्तमान रक्षामन्त्री पोखरेललार्ई प्रधानसेनापति थापाले मायाको चिनो प्रदान गरेका थिए।
उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवन्दलगायत अधिकृत उपस्थित थिए।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया