लुम्बिनीका सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ११:५३

समाधान संवाददाता

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गराउने भएको छ।

संघीय सरकारले निःशुल्क उपचारको व्यवस्था हटाए पनि लुम्बिनी प्रदेशले भने चारवटा सरकारी अस्पतालमा निःशुल्क उपचार व्यवस्था यथावत् राखेको हो।

Advertisement

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको जानकारी दिए।

कात्तिक २ गतेदेखि सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा आर्थिक विपन्नता भएकाको मात्र निःशुल्क उपचार गराउने व्यवस्था मिलाएको छ।

Advertisement

त्यसबाहेकका अरूको उपचार स्वयंले गर्नुपर्ने छ। तर, प्रदेशले भने उक्त निर्णयलाई चुनौती दिँदै निःशुल्क उपचारको व्यवस्था यथावत् राखेको हो।

लुम्बिनी प्रदेशका भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङ र भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमतिका निःशुल्क उपचारको व्यवस्था यथावत् राखिएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले प्रादेशिक अस्पतालहरूमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताए।

१५ हजार भन्दा बढी संक्रमित रहेको लुम्बिनी प्रदेशमा चार हजार भन्दा बढी सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया