कोरोना पोजेटिभ देखिएपछि सांसद कोइराला होटल आइसोलेसनमा

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ९:००

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई कोरोना पोजेटिभ देखिएको छ ।

सांसद कोइराला र उनका सवारी चालकको रिपोर्ट मंगलबार पोजेटिभ आएको हो ।

Advertisement

कोरोना संक्रमण पुष्टि भएपछि दुवै जना पोखराको १ होटलमा आइसोलेसनमा बसेका छन् ।

यसअघि प्रदेशको विधायन समिति सभापति मोहनप्रसाद रेग्मीमा कोरोना पुष्टि भएको थियो ।

Advertisement

१७ भदौमा कोरोना पोजेटिभ देखिएका उनको रिपोर्ट ४० दिनपछि २३ असोजमा नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया