कति छ आज सुनको मूल्य ?

समाधान संवाददाता २०७७ कार्तिक ४ गते १२:२३

समाधान संवाददाता

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुनको मूल्य यही कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज बढेको छ ।

Advertisement

आइतबार र सोमबार स्थिर रहेको चाँदी प्रतितोला १० रूपैयाँ बढेर १२१० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया