गण्डकीमा थपिए ७० संक्रमित
समाधान संवाददाता
२०७७ कार्तिक ४ गते १६:०९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा ७० संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ४६ जना छन् ।
गोरखामा १२, स्याङजामा ७, तनहुँमा २, बागलुङ, पर्वत र लमजुङमा १/१ संक्रमित थपिएका हुन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ४६ पुगेको छ ।
तीमध्ये ३ हजार ६ सय ५ जना निको भएका छन् भने ५५ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया