गरिब बन्नुस्, निशुल्क उपचार दिन्छौं– स्वास्थ्यमन्त्री

समाधान संवाददाता २०७७ कार्तिक ४ गते १७:२७

समाधान संवाददाता

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउन आफूले आफैं ‘गरिब‘ घोषणा गर्न भनेका छन्।

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउन आफूले आफैंलाई ‘गरिब‘ घोषणा गर्न भनेका छन्।

Advertisement

मन्त्रालयको नियमित प्रेस ब्रिफङमा उनले यस्तो बताएका हुन्।

ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।

Advertisement

उनले अघि भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शःशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरु चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सस्शुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनले बताए ।

ढकालले कोरोनाको उपचारमा सामाजिक न्यायसहितको समानता स्थापित गर्नका लागि स्वास्थ्यकर्मी, विपन्न, अपाङ, एकल महिला, जेष्ठ नागरिकको उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको दावी गरे ।

फाइल फोटो

तपाईको प्रतिक्रिया