विपन्नलाई दलित महिला संघको सहयोग

समाधान संवाददाता २०७७ कार्तिक ५ गते ६:००

पोखरा

दलित महिला संघ (फेडो) कास्कीले प्यारालाइसिस भएका पोखरा–११ काहुँका विष्णु परियारलाई मंगलबार खाद्यान्य तथा नगद सहयोग प्रदान गरेको छ ।

अमेरिकामा बसोवास गर्ने नेपालीबाट संकलित रकमबाट संघले १ बोरा चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर तेल, १ पाउँ चियापत्ती, आधा किलो मस्यौरा र १ हजार रुपैयाँ प्रदान गरेको छ ।

Advertisement

विष्णुकी श्रीमती सीताले राहात पाएपछि दसैं टर्ने बताइन् । विष्णु मणिपाल शिक्षण अस्पतालको आइसियूमा उपचारत छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ को कार्यालयले विष्णुको उपचारका लागि १० हजार रुपैयाँ सहयोग छ ।

अमेरिकामा बस्ने पर्वतकी विष्णुमाया परियारको पहलमा संकलित सहयोगबाट संघले पोखराका विपन्न, अपांग एवं एकल महिलालाई राहत प्रदान गरेको छ ।

Advertisement

विष्णुमायासँगै रञ्चु थापा, मनकुमारी पुन, तुमला श्रेष्ठ, उर्मिला लाम्गादे, यमुना पोखरेल, अतिकला लामा, चमेली परियार, कल्पना रामदाम, चुङला शेर्पा, कृष्ण सिंह, उजेली रामजाली, बिमला लिम्बु र भुवन विश्वकर्माले आर्थिक सहयोग गरेका थिए ।

संघले पोखराको बाटुलेचौर, हेमजा, काहुँ बाँझापाटन, छोरेपाटन, घारीपाटन, कालिका, गगनगौंडा र रिठ्ठेपानीका १६ महिलालाई राहत वितरण गरेको सहसचिव सरस्वती परियारले जानकारी दिइन् ।

फेडो कास्की अध्यक्ष सुमित्रा गायकले कोभिड १९को कारण दलित महिलाको आर्थिक अवस्था झनै खस्किएकोले सहयोग आवश्यक भएको बताइन् ।

तपाईको प्रतिक्रिया