गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

समाधान संवाददाता २०७७ कार्तिक ५ गते ११:१७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गरेका छन् ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैंबापतको भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गरेका छन्।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैंबापतको भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

Advertisement

सबैले तलब बराबर आउने भत्ता प्रदेश सरकारको कोरोना कोषमा जम्मा गरेका हुन्। गण्डकीमा मुख्यमन्त्रीको तलब ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीको ६० हजार तीन सय २० रुपैयाँ छ।

साथै मन्त्रिपरिषद बैठकले प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए। उनले कोरोना संक्रमण बढिरहेकाले सुरक्षित भएर चाडपर्व मनाउन आग्रह गरेका छन्।

गण्डकी प्रदेशका प्रदेश सभा पदाधिकारीलाई २७ लाख रुपैयाँ दसैं भत्ताबापत खातामा पठाइएको छ।

देश कोरोना महामारीले आक्रान्त बनिरहेकाबेला प्रदेश सभाका ५३ पदाधिकारीले दसैं भत्ताबापत २७ लाख ४ सय ८० रुपैयाँ बुझेका हुन्।

सभामुख, उपसभामुख, सत्ता र विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका सभापति, दलका सचेतक र प्रदेश सांसदले भत्ता बुझेको प्रदेश सभा सचिवालयले जनाएको छ।

गण्डकीका कांग्रेस सांसदले मंगलबार नै दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेका छन्। अरु दलको भने यो विषयमा कुनै प्रतिक्रिया आएको छैन। गण्डकी प्रदेशमा ६० सदस्य छन्। मुख्यमन्त्री र ६ मन्त्रीबाहेक अरुले प्रदेश सभा सचिवालयमार्फत तलबभत्ता पाउँछन्।

तपाईको प्रतिक्रिया