बढ्यो सुनको मूल्य

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १२:४२

काठमाडौं

आज सुनचाँदीको मूल्य बढेको छ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया