राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १३:१६

समाधान संवाददाता

भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

Advertisement

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले परम्परागत प्रविधिको प्रयोग गरी रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा उदाहरण प्रस्तुत गरेको बताइन् ।

Advertisement

राष्ट्रपति भण्डारीले भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्ने र भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने बताएकी छन् ।

भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने उनले बताइन् ।

तपाईको प्रतिक्रिया